भृकुटीमण्डपमा शुरु भयो ‘नाडा इभी एक्स्पो’ (फोटोफिचर)

भृकुटीमण्डपमा शुरु भयो ‘नाडा इभी एक्स्पो’ (फोटोफिचर)

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भृकुटीमण्डपमा विद्युतीय सवारीसाधनको प्रदर्शनी सुरु भएको छ । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले ‘नाडा इभी एक्सपो २०२२’ आयोजना गरेको हो । शो आइतबारसम्म चल्ने छ ।

एक्स्पोको उद्‌घाटन अर्थमन्त्री जर्नादन शर्माले गरेका हुन् । एक्स्पोमा ग्राहकहरूले विभिन्न ब्रान्डका विद्युतीय चार पांग्रे, दुई पांग्रे र तीन पांग्रेबारे जानकारी प्राप्त गर्न सक्नेछन्।

नाडा इभी एक्स्पो २०२२ मा ठूला तथा साना गरी ५१ वटा स्टल र ब्लकहरू हुनेछन्। एक्स्पोमा सातवटा ब्रान्डका चार पांग्रे, एउटा तीन पांग्रे, १६ वटा ब्रान्डका दुई पांग्रे, ३ वटा ब्रान्डका टायर, २ वटा ब्रान्डका ब्याटरी, ९ वटा पार्टपुर्जा, ग्यारेज उपकरण कम्पनी एवम् अटो पत्रिका तथा ४ वटा वित्तीय संस्थाहरूको सहभागिता जनाएका छन् ।

Recent Comments

No comments to show.