वीर अस्पताल अगाडिका टहरा हटाउन महानगरको निर्देशन

वीर अस्पताल अगाडिका टहरा हटाउन महानगरको निर्देशन

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं महानगरपालिकाले वीर अस्पताल अगाडिका टहरा हटाउन निर्देशन दिएको छ।

वीर अस्पताल अगाडि टहरामा औषधि पसल छन्। केही फलफूल तथा अन्य पसल पनि छन्। महानगरले ति सबै टहरा हटाउने भएको छ।

उनीहरुलाई टहरा खाली गर्न महानगरले बुधबार २४ घण्टे सूचना दिएको थियो। औषधि पसल सञ्चालकले भने तत्काल हटाउन नसकिने जवाफ दिएका छन्।

महानगरले भने आज दिउसो १ बजेसम्म हटाउने समय दिइएको जनाएको छ। त्यसपछि महानगरले डोजर लगाउने महानगरका प्रहरी प्रमुख राजु पाण्डे बताए।

यसअघि वीर अस्पतालले टहरा हटाउन खोजेको थियो, तर सकेको थिएन। महानगरले भने नक्सा विपरीत राखिएका औषधि पसल हटाइने जनाएको छ।

नक्सा विपरीत तथा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाएका संरचना हटाउने अभियानअन्तर्गत वीर अस्पताल अगाडिका संरचना पनि हटाउन लागिएको महानगर प्रहरी प्रमुख पाण्डेले बताए।

Recent Comments

No comments to show.