नेपाल लाइफले सुरू गर्‍यो डाइनामिक क्यूआर प्रणाली

नेपाल लाइफले सुरू गर्‍यो डाइनामिक क्यूआर प्रणाली

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ई–सेवासँगको सहकार्यमा डाइनामिक क्यूआर पेमेन्ट प्रणाली सञ्चालनमा ल्याएको छ।

कम्पनीको काठमाडौँ शाखामा आयोजित एक विषेश समारोहकका बीच कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले उक्त सेवाको शुभारम्भ गरेका हुन् ।

नेपाल लाइफका देशभरका शाखा तथा उपशाखाहरूबाट डाइनामिक क्यूआरको माध्यमबाट भुक्तानी गर्न सकिने छ ।

आधुनिक प्रविधिको प्रयोगबाट ग्राहकलाई सहज, सरल सेवा उपलब्ध गराउन कम्पनी लागि परेको र आउने दिनहरुमा पनि डिजिटल रुपान्तरणको अभ्यासलाई जारी राख्ने प्रमुख कार्यकारी अधिकृत पराजुलीले बताए ।

यस प्रणालीको माध्यमबाट २ लाख रुपैयाँसम्मको भुक्तानी ६० भन्दा बढी बैंक, सहकारी, लघुवित्त तथा मोबाइल वालेट एप्लिकेसनद्वारा सहजै गर्न सकिने कम्पनीको भनाइ छ ।

ग्राहकपिच्छे फरक-फरक क्यूआर बन्ने र भुक्तानी गर्नासाथ आफैं सिस्टममा अपडेट हुने यसको विशेषता रहेको कम्पनीले जनाएको छ।

Recent Comments

No comments to show.