भारतबाट बढेर आयो डिजेल र पेट्रोलको भाउ, प्रतिलिटर कति बढ्यो ?

भारतबाट बढेर आयो डिजेल र पेट्रोलको भाउ, प्रतिलिटर कति बढ्यो ?

Actpro

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भारतीय आयल कर्पोरेसन (आइओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । आइओसीले निगमलाई भदौ १६ गते (सेम्टेम्बर १ तारिख) पेट्रोलियम पदार्थको भाउ घटाएर नयाँ मूल्यसूची पठाएको हो ।

आइओसीले पठाएको नयाँ मूल्यसूची अनुसार डिजेल, पेट्रोल, मट्टीतेल र हवाई इन्धनको भाउ बढेको छ भने एलपी ग्यासको घटेको छ । निगमका अनुसार पेट्रोल प्रतिलिटर १.३९ रुपैयाँ र डिजेल प्रतिलिटर ६.१२ रुपैयाँ बढेर आएको छ ।

त्यस्तै,  मट्टितेल र हवाई इन्धनको मूल्य पनि सामान्य बढेर आएको छ । खाना पकाउने एलपी ग्यासको मूल्य भने प्रति सिलिन्डर १०० रुपैयाँ घटेर आएको निगमले जनाएको छ ।

आएओसीले यसअघि लगातार तीन पटकसम्म इन्धनको भाउ घटाएर पठाएको थियो । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ आकाशिएसँगै भारतले पनि बढाएर पठाएको हो ।

आइओसीले हरेक १५/१५ दिनमा निगमलाई नयाँ मूल्य सूची पठाउने गरेको छ ।

Recent Comments

No comments to show.