आइएमईको दशैं अफर : मोबाइल हातैमा, १० लाख खातैमा

आइएमईको दशैं अफर : मोबाइल हातैमा, १० लाख खातैमा

Actpro

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । रेमिटेन्स सेवा प्रदायक आइएमईले दशैं, तिहार, छठ र जस्ता चाडपर्वहरूको अवसरमा आम सेवाग्राहीहरूलाई लक्षित गर्दै सेवाग्राहीमुखी दशैं अफर सार्वजनिक गरेको छ ।

अफर अनुसार विदेशबाट आइएमई मार्फत आएको रकम प्राप्त गर्ने सेवाग्राहीहरू मध्ये दैनिक एक जनालाई सामसुङ् मोबाइल उपहार स्वरूप प्रदान गरिनेछ ।

साथै, हरेक हप्ता आइएमई पे मोबाइल वालेट खातामा रकम प्राप्त गर्ने २ जनालाई जनही २५ हजार रुपैयाँ उपहार स्वरूप प्रदान गरिनेछ । त्यस्तै अफर अवधिमा एक जना भाग्यशाली विजेतालाई १० लाख रुपैयाँ उपहार स्वरूप प्रदान गरिनेछ ।

बुधबार पानीपोखरी काठमाडौंस्थित आइएमई केन्द्रीय कार्यालयमा फेसबुक लाइभ मार्फत उक्त अफर सार्वजनिक गरिएको हो ।

कुल ८२ जना सेवाग्राहीहरू प्रत्यक्ष लाभान्वित हुने यस अफर ‘आइएमई साथैमा, मोबाइल हातैमा र १० लाख खातैमा’ भन्ने मुख्य थीममा आधारित हुनेछ । उक्त अफर भदौ १६ गतेदेखि कार्तिक १६ गतेसम्म कुल ९ हप्ता अर्थात् ६३ दिन कायम हुनेछ ।

अफर अवधिका विजेता सिस्टममा आधारित लक्की ड्र मार्फत सार्वजनिक गरिनेछ भने नतिजा कम्पनीका आधिकारिक सामाजिक संजाल पेजहरू तथा मिडिया मार्फत सार्वजनिक गरिनेछ ।

अफर सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले आइएमईले आफ्नो स्थापनादेखि नै यस्ता अफर ल्याउँदै आएको स्मरण गर्दै यस्ता अफरले सेवाग्राही, व्यावसायिक साझेदार र कम्पनीवीचको त्रिपक्षीय सम्बन्धलाई मजबुत बनाउने बताए ।

देशको आर्थिक क्रियाकलापमा रेमिटेन्सको भूमिका महत्त्वपूर्ण छ भन्ने कुरा अहिले आएर झनै प्रष्ट भएको छ । त्यसैले विदेशबाट आउने रेमिटेन्स बढाउन हामी सबैले अ–आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्छ । रेमिटेन्स आप्रवाहलाई बढाउन, रेमिटेन्स पठाउँदा औपचारिक माध्यमबाट नै पठाउन यस्ता अफरहरूको आवश्यकता पर्दछ अध्यक्ष ढकालले उल्लेख गरे ।

अध्यक्ष ढकालले एक फरक प्रसंगमा गैर आवासीय नेपाली संघसँगको सहकार्यमा निर्माण सम्पन्न भएको २७ मेघावाट क्षमताको दोर्दी खोलाको विद्युतीय उत्पादन हिजो मात्र राष्ट्रिय प्रसारण केन्द्रमा जोडिएकोमा प्रशन्नता व्यक्त गर्दै विदेशबाट आउने रेमिटेन्सलाई यस्तै संघ/संस्थाहरूसँग सहकार्य गरी उत्पादनशील क्षेत्रमा आकर्षित गर्न आइएमई ग्रुप तयार रहेको जानकारी दिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै ब्राण्ड एम्बासडर दीपकराज गिरीले सधैं जस्तो यसपटक पनि आइएमईको अफरमा सहभागी हुन् आम सेवाग्राहीहरूलाई आग्रह गरे ।

भाइस प्रेसिडेन्ट रूद्रराज पौडेलले सधैं आम सेवाग्राहीहरूलाई सरल, सुलभ र विश्वस्तरीय रेमिटेन्स सेवा प्रदान गर्न आइएमई प्रतिवद्ध रहेको बताउँदै चाडपर्वको समयमा रेमिटेन्स आप्रवाह बढ्ता हुने हुँदा समयमै झन्झटरहित ढंगले रेमिटेन्स सेवा दिन कम्पनीले त्यही अनुरूपको तयारी पूरा गरेको बताए ।

Recent Comments

No comments to show.