प्राधिकरणले सञ्चालनमा ल्यायो विद्युतीय चार्जिङ स्टेसन, १ घण्टामा फुल चार्ज

प्राधिकरणले सञ्चालनमा ल्यायो विद्युतीय चार्जिङ स्टेसन, १ घण्टामा फुल चार्ज

Actpro

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले पहिलो पटक सरकारी तहबाट विद्युतीय सवारी साधन चार्ज गर्न स्टेसन सञ्चालनमा ल्याएको छ।

मंगलबार प्राधिकरणको केन्द्रीय कार्यालय रत्पपार्कमा एक कार्यक्रमका चार्ज स्टेसन उद्घाटन गरिएको थियो । चार्जिङ स्टेसनमा एकै पटक ३ वटा सवारी चार्ज गर्न मिल्ने प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले जानकारी दिएका छन् ।

देशका विभिन्न ५१ स्थानमा सवारी चार्जिङ स्टेशन स्थापनाका काम भइरहेको पनि उनले जनाएका छन् ।

प्राधिकरणका अनुसार स्टेशनमा २६ वटा GBT (ठूला बस, माइक्रो, ट्रक, पिकअप तथा कार आदिको लागि) चार्जर र २५ वटा CCS (साना ठूला कारहरु) चार्जर रहेका छन्।

यसको लागि आवश्यक NSP (National Service Provider) प्रणालीको विकास गरिएको छ। NSP मार्फत उपभोक्ताले अनलाइन बुकिङ्ग गर्न सक्नेछन्। चार्जको रकम भुक्तानीको लागि प्राधिकरणको मोबाइल एप्स प्रयोग गर्न सकिने प्राधिकरणले जनाएको छ।

प्राधिकरणले निर्माण गरेको चार्जिङ्ग स्टेशनको क्षमता ६० किलोवाट डिसि + ६० किलोवाट डिसि + २२ किलोवाट एसी रहेको छ।

यद्यपी १२० किलोवाट डिसी सम्म पनि सिङ्गल डिसि गनले गाडीहरु चार्ज गर्न सक्ने प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार नेपालमा उपलब्ध सवारी साधनहरुमा रहेको व्याट्री क्षमता अनुसार कम्तीमा आधा घण्टादेखि १ घण्टासम्ममा चार्ज पूर्ण हुन सक्छ।

Recent Comments

No comments to show.