सबै वडामा डाक्टर, नर्स, इन्जिनियर र खाद्य परीक्षणका लागि विज्ञ राख्ने बालेनको प्रस्ताव

सबै वडामा डाक्टर, नर्स, इन्जिनियर र खाद्य परीक्षणका लागि विज्ञ राख्ने बालेनको प्रस्ताव

Actpro

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काटमाडौं ।  काठमाडौं महानगरपालिकाले ३२ वटै वडामा एमडीजीपी डाक्टर र नर्स राख्ने भएको छ ।

आइतबार बसेको नगर कार्यपालिका बैठकमा मेयर बालेन्द्र साहले सबै वडाहरूमा एमडीजीपी डाक्टर र नर्स राख्ने प्रस्ताव गरेका थिए । बैठकले मेयरको प्रस्ताव अनुमोदन गरेको छ ।

काठमाडौं महानगरको ३२ वटै वडामा वडा क्लिनिक सञ्चालनका लागि ३२ जना एमडीजीपी डाक्टर र ३२ जना नर्स करार सेवामा राख्न लागिएको बालेनले बैठकमा बताएका थिए । काठमाडौं महानगरपालिकाको वडाहरुमा हुने विकास निर्माण कामको अनुगमनका लागि ३२ वटै इन्जिनियर राख्ने प्रस्ताव पनि मेयर साहले राखेका छन् ।

त्यस्तै बैठकले, काठमाडौं महानगरभित्रको बजारमा बिक्री वितरण हुने खाद्यन्न, तरकारी र फलफूलको गुणस्तर परीक्षणको लागि पाँच जना फुड टेक्नोलोजी विज्ञ पनि करार सेवामा राख्ने प्रस्ताव काठमाडौं महानगरको कार्यपालिका बैठकले अनुमोदन गरेको छ ।

Recent Comments

No comments to show.