काठमाडौं । आगामी मंसिरमा हुन लागेको निर्वाचनलाई लक्षित गरेर यतिबेला देशभर चुनावी सरगर्मी शुरु हुन लागेको छ ।
यसै बीच नेकपा ९एमाले० दोलखाका नेताहरु पनि संघीय चुनावमा टिकट आफूले पाउनुपर्ने दाबी सहित चुनावी दौडधूपमा व्यस्त हुँदै गएका छन् ।
एउटा मात्र संघीय निर्वाचन क्षेत्र रहेको दोलखामा एमाले तर्फबाट चुनावी दौडधुपमा रहनेहरु मध्ये आनन्द पोखरेल, पार्वत गुरुङ र श्याम बस्नेतको नाम चर्चामा छ ।
जसमध्ये आनन्द पोखरेल दोलखाबाट एमाले राजनीतिमा लामो समय देखि संलग्न रहँदै आएका अनुभवी पात्र हुन् । उनी मन्त्री समेत भइसकेका व्यक्ति हुन् । पोखरेल शालिन स्वभावका व्यक्ति हुन् ।
चुनावी दौडमा रहेका अर्का पात्र पार्वत गुरुङ अघिल्लो सरकार ९केपी ओली नेतृत्व०मा सञ्चार तथा सूचना मन्त्री र महिला, बालबालिका तथा समाज कल्याण मन्त्रीको जिम्मेवारी समेत वहन गरेका उनी व्यावसायिक क्षेत्रमा पनि संलग्न व्यक्ति हुन् । उनी आर्थिक रुपमा सबल रहनुको अलावा राम्रोसँग जनपरिचालन गर्न सक्ने क्षमता रहेका व्यक्तिको रुपमा समेत चिनिन्छन् ।
अर्का पात्र हुन् श्याम बस्नेत । गत केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा बाग्मती प्रदेशको नीति तथा योजना आयोगमा कार्यवाहक उपाध्यक्षको भूमिका निर्वाह गरेका बस्नेत प्राकृतिक स्रोतसाधनका विज्ञ हुन् । नीति तथा योजना आयोगमा रहँदा आफ्नो जिम्मेवारीलाई निष्पक्ष रुपमा निकै राम्रो तवरले वहन गरेका बस्नेत सुशासन र पारदर्शिता मार्फत समृद्धि हासिल गर्न सकिने कुरा बताउँदै आएका छन् ।
अहिले देशभर नयाँ पात्रको खोजी युवाहरुमा व्यापक देखिएको स्थितिमा दोलखाबाट आनन्द पोखरेल र पार्वत गुरुङको विकल्पको रुपमा मुलुक विकासको राम्रो योजना र कुटनीतिक क्षमता भएका युवा व्यक्तित्व श्याम बस्नेतले टिकट पाउनुपर्ने माग व्यापक देखिएको छ ।
प्रतिक्रिया