निर्वाचनमा पर्यवेक्षण गर्न इच्छुक संस्थाहरूलाई १५ दिनभित्र निवेदन दिन आयोगको आह्वान

निर्वाचनमा पर्यवेक्षण गर्न इच्छुक संस्थाहरूलाई १५ दिनभित्र निवेदन दिन आयोगको आह्वान

Actpro

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  । निर्वाचन आयोगले निर्वाचनमा पर्यवेक्षण गर्न इच्छुक संस्थाहरूलाई १५ दिनभित्र  निवेदन दिन आयोगको आह्वान  गरेको छ ।

बुधवार सूचना निकालेर  मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा पर्यवेक्षण गर्न इच्छुक संस्थाहरूलाई अनुमति प्राप्तिका लागि आयोगले पर्यवेक्षण अनुमति लिन निवेदन दिन आह्वान गरेको हो।

संस्था दर्ता प्रमाणपत्र प्रतिलिपी, संस्थाको विधान प्रतिलिपी, नवीकरण, पदाधिकारी विवरणलगायत खुलाएर आयोगमा निवेदन दिन सकिनेछ।

निर्वाचन आचारसंहिता उल्लङ्घन गरी सजाय पाएको संस्था वा यसअघि निर्वाचन पर्यवेक्षणका लागि अनुमति प्राप्त गरेर पर्यवेक्षण नगरेका वा पर्यवेक्षण प्रतिवेदन पेश नगर्ने संस्थालाई अनुमति नदिइने पनि आयोगले प्रष्टाएको छ।

Recent Comments

No comments to show.