काठमाडौं । नेपाल सरकारले सेती नदीमा बन्ने दुई जलविद्युत् परियोजनाको अध्ययन गर्न भारतीको सरकारी कम्पनी एनएचपीसी लिमिटेडलाई दिएको छ ।
बहु प्रतीक्षित पश्चिम सेती जलविद्युत् आयोजना र सेती नदी-६ (एसआर-६) जलविद्युत् परियोजनाको अध्ययन गर्न सरकारले भारतीय सरकारी कम्पनी एनएचपीसीलाई दिएको हो ।
बिहीबार विस्तृत परियोजना अध्ययन गर्न लगानी बोर्डले एनएचपीसी लिमिटेड इन्डियाससँग सम्झौता गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा उपस्थित कार्यक्रममा बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र एनएचपीसीका अध्यक्ष एके सिंहले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौता पत्रमा सो कम्पनीले सर्वेक्षण अनुमति पाएको दुई वर्षभित्र विस्तृत परियोजना अध्ययन गरी अध्ययन प्रतिवेदन पेस गरिसक्नुपर्ने उल्लेख गरिएको छ ।
एनएचपीसीले ७५० मेगावाटको पश्चिम सेती र ४५० मेगावाटको सेती नदी-६ अध्ययन गर्नेछ ।
प्रतिक्रिया