‘सुपर डान्सर नेपाल’ को मुख्य प्रायोजक रियलमी

‘सुपर डान्सर नेपाल’ को मुख्य प्रायोजक रियलमी

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । स्मार्टफोन ब्रान्ड रियलमीले डान्सिङ रियालिटी शो ‘सुपर डान्सर नेपाल’ को टाइटल स्पोन्सर गर्ने भएकोे छ । जुन भारतको सबैभन्दा लोकप्रिय र ठूलो रियालिटी शो ‘इन्डियाज सुपर डान्सर’ मा आधारित फ्रेन्चाइज रियालिटी शो हो ।

सो सम्बन्धी सम्झौतापत्र हस्ताक्षर समारोहमा बोल्दै रियलमी नेपालका कन्ट्री हेड मुनिष गिरीले भन्नुभयो, ‘प्रतिष्ठित ग्लोबल डान्स फ्रेन्चाइजको एक हिस्सा सुपर डान्सर नेपालसँग साझेदारी गर्न पाउँदा हामी उत्साहित भएका छौँ, बालबालिका भविष्यका प्रतिनिधि हुन्।

नेपालका प्रतिभाशाली बालबालिकाका लागि यस्तो उत्कृष्ट प्लाटफर्मको हिस्सा बन्न पाउँदा धेरै खुसी लागेको छ । हामी सुपर डान्सर नेपालका सबै प्रतियोगीलाई धेरै धेरै शुभकामना दिन चाहन्छौँ ।’

सुपर डान्सर नेपालका निर्देशक भूषण दाहालले भन्नुभयो, ‘रियलमीसँग साझेदारी गर्न पाउँदा हामी अत्यन्तै खुसी छौ । युवा र बालबालिका केन्द्रित ब्रान्ड रियलमीसँगको साझेदारीले पक्कै पनि हाम्रो शोमा उत्साह र स्फूर्ति थपिएको छ ।’

देशव्यापीरूपमा सञ्चालन हुने सुपर डान्सर नेपाल कान्तिपुर टेलिभिजनबाट साउन २६ देखि हरेक बिहीबार र शुक्रबार राती ९ बजे प्रसारण भइरहेको छ । सुपर डान्सर नेपालका लागि सुपर जजका रूपमा भुवन केसी, जसिता गुरुङ र सुरेन राई रहनुभएको छ भने कार्यक्रम कविता नेपाली र विल्सनविक्रम राईले सञ्चालन गर्ने आयोजकले जनाएको छ ।

Recent Comments

No comments to show.