माओवादीको स्थायी समिति बैठक बस्दै

माओवादीको स्थायी समिति बैठक बस्दै

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी समितिको बैठक आज बस्दै छ।

माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा बैठकमा जिम्मेवारी बाँडफाँड, समसामयिक राजनीति र आगामी चुनावी रणनीतिका विषयमा छलफल हुने जनाइएको छ। सोमबार बोलाइएको बैठक तयारी नपुगेको भन्दै आजलाई सारिएको थियो।

आजको बैठकमा डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) सँग सहकार्यका विषयमा पनि छलफल हुने जनाइएको छ। आगामी चुनावमा माओवादीकै चुनाव चिह्नबाट लड्ने डा. भट्टराईले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सहमति गरेका छन्।

यससँगै माओवादीले आज निर्वाचन आयोगमा दल दर्ता गर्ने भएको छ। दल दर्ताका लागि आज अन्तिम दिन हो।

Recent Comments

No comments to show.