राष्ट्रिय वाणिज्य बैंकको नयाँ व्याजदर सार्वजनिक,कुन खातामा कति व्याज ?

राष्ट्रिय वाणिज्य बैंकको नयाँ व्याजदर सार्वजनिक,कुन खातामा कति व्याज ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले भदौ १ गते आईतबारदेखि लागू हुने गरी कर्जा र निक्षेपमा नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

बैकले अन्य सबै खातामा साउनकै ब्याजदरलाई निरन्तरता दिएको छ भने संस्थागत मुद्दती निक्षेपको भने ब्याज १ प्रतिशतले घटाएको छ । 

उक्त व्याजदर अनुसार बैंकले बचत खातामा न्यूनतम ६.०३ प्रतिशतदेखि अधिकतम ९.०३ प्रतिशतसम्म ब्याज दिनेछ । बैंकको मुद्दति निक्षेपको ब्याज न्यूनतम १०.०३ प्रतिशत देखि अधिकतम १२.०३ प्रतिशतसम्म तोकिएको छ । बैंकले रेमिट्यान्स बचत खातामा ९.०३ प्रतिशत र रेमिट्यान्स मुद्दती खातामा १२.०३ प्रतिशत व्याज प्रदान गर्ने छ । 

त्यस्तै, प्रकाशित भएको नयाँ ब्याजदर अनुसार बैंकको आधार दर ७.८६ प्रतिशत रहेको छ । 

बैंकले प्रकाशन गरेको नयाँ ब्याजदर यस प्रकारको छः


यो पनि :

राष्ट्रिय वाणिज्य बैंकको नयाँ व्याजदर सार्वजनिक,कुन खातामा कति व्याज ?

Recent Comments

No comments to show.