राष्ट्र बैंकले भन्यो– क्रिप्टोकरेन्सी र नेटवर्क मार्केटिङका सबै कारोबार गैरकानुनी,कारोबार नगर्नु

राष्ट्र बैंकले भन्यो– क्रिप्टोकरेन्सी र नेटवर्क मार्केटिङका सबै कारोबार गैरकानुनी,कारोबार नगर्नु

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी, नेटवर्क मार्केटिङ, हाइपर फण्ड लगायतको कारोबारको कारोबार गैरकानुनी रहेको बताउँदै यसमा संलग्न जो केहीलाई पनि कारबाही गर्ने चेतावनी दिएको छ ।

सोमबार एक सूचना जारी गर्दै राष्ट्र बैंकले क्रिप्टोकरेन्सी तथा बिटक्वाइन लगाएको कारोबार नगर्न आग्रह गरेको हो ।

राष्ट्र बैंकको विज्ञप्ती भनिएको छ,‘नेपालमा विदेशी विनिमय वा मुद्राको रूपमा भच्र्युअल करेन्सीले कानुनी मान्यता नपाएको, नेपालमा कानुनी ग्राह्य नभएको, नेपाल सरकारको जमानतप्राप्त नभएको र यस बैंकले निष्कासन नगरेको तथा कुनै पनि किसिमको सुरक्षण नभएको हुँदा भच्र्युअल करेन्सीको कारोबार गैरकानुनी रहेको छ, सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी क्रियाकलापमा लगानी, ठगी तथा कर छली, लगानीको असुरक्षा, पुँजी पलायन, मूल्यमा अस्थिरता एवम् उतारचढाव, सट्टेबाजी आदिसम्बन्धी जोखिमहरू अन्तरनिहित हुने विषयसमेत स्मरण गराइएको छ,’ सूचनामा उल्लेख गरिएको छ ।

नेपालभित्र बसोबास गर्ने नागरिक, फर्म, कम्पनी, संस्था (विदेशी समेत) र नेपालबाहिर बसोबास गर्ने सबै नेपाली नागरिक तथा नेपालमा दर्ता भई नेपालबाहिर रहेका, फर्म, कम्पनी, संस्था तथा त्यस्ता कम्पनी वा संस्थाका शाखा कार्यालय तथा एजेन्सीहरूले कुनै पनि प्रकारका भच्र्युअल करेन्सी पिरामिडमा आधारित नेटवर्क मार्केटिङ तथा हाइपर फण्ड कारोबार गरे/गराएको पाइएमा तथा सोको प्रयोग, संलग्नता, सदस्यता, लगानी, स्वामित्व ग्रहण, स्थानान्तरण, विप्रेषण, विनिमय, माइनिङ सम्बन्धी कार्य गर्ने/गराएको पाइएमा प्रचलित कानुनबमोजिम कारवाही हुने राष्ट्र बैंकको सूचनामा उल्लेख गरिएको छ ।

यसअघि राष्ट्र बैंकले २०७४ साउन २९, २०७८ भदौ २४ र २०७८ माघ ९ मा सार्वजनिक सूचनाहरू प्रकाशन गदै यस्तो कारोबार गैरकानुनी भएको बताएको थियो ।

गत वर्ष नेपालबाटै क्रिप्टोकरेन्सीको कारोबारमा संलग्न भएको आरोपमा केही व्यक्तिहरु सम्पत्ति सुद्धिकरण विभागको कारबाहीमा परेका थिए ।

छोटो अवधिमै उच्च प्रतिफल पाउने प्रलोभनमा परी क्रिप्टोकरेन्सीको प्रयोग, यससँग सम्बन्धित लगानी र नेटवर्किङ मार्केटिङ व्यवसायमा आबद्ध हुँदा आफ्नो लगानी डुब्ने उच्च जोखिम हुने राष्ट्र बैंकले चेतावनी दिएको छ।

खासगरि नेपालजस्ता सीमित पुँजी र स्वदेशी पुँजी विदेश लैजान बन्देज लगाइएका मुलुकमा क्रिप्टोकरेन्सीमार्फत पुँजी पलायन हुनबाट जोगाउनु मुख्य चुनौती रहेको राष्ट्र बैंकको निष्कर्ष छ ।

एकातिर स्वदेशबाटै पुँजी पलायन हुन सक्ने र अर्कोतिर विदेशमा रहेका नेपालीबाट नेपाल आउन सक्ने विप्रेषण विदेशमै लगानी हुन सक्ने भएकोले विदेशी मुद्राको सञ्चितिमा समेत नकारात्मक प्रभाव पर्न सक्ने राष्ट्र बैंकको भनाई छ ।

Recent Comments

No comments to show.