काठमाडौंको फोहोर बोकेका गाडी बञ्चरेडाँडाका स्थानीयले फेरि रोके

काठमाडौंको फोहोर बोकेका गाडी बञ्चरेडाँडाका स्थानीयले फेरि रोके

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं महानगरपालिकाको फोहोर बोकेका गाडी बञ्चरेडाँडाका स्थानीयवासी र राजनीतिक दलका प्रतिनिधिहरुले रोकेका छन् ।

स्थानीय र राजनीतिक दलका प्रतिनिधिहरुले सोमबार काठमाडाैंबाट फोहोर लिएर गएका गाडीहरुलाई बाटोमै रोकिदिएका हुन्। 

केन्द्रीय सरकार र काठमाडौं महानगरले आफूहरुको माग कार्यान्वयन नगरेको भन्दै बञ्चरेडाँडावासीहरु पटकपटक आन्दोलित हुँदै आएका छन् । काठमाडौं महानगर प्रमुख बालेन साहले ल्याण्डफिल साइटमै पुगेर फोहोर फाल्न अवरोध नगर्न अनुरोध गर्दै स्थानीयका माग पूरा गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । 

महानगर र सरकारसँग पटकपटक सहमति भएपनि कार्यान्वयन नभएपछि बञ्चरेडाँडाका स्थानीयहरुले फोहोर विसर्जनमा अवरोध गर्दै आएका छन् । स्थानीयको आन्दोलनलाई राजनीतिक दल र जनप्रतिनिधिहरुले पनि समर्थन जनाएपछि बञ्चरेडाँडामा फोहोर विसर्जन गर्न थप चुनौती बनेको छ । 

आइतबार धादिङको धुनिबेशी नगरपालिका–१ का कांग्रेस सभापति पूर्णबहादुर तामाङ, माओवादी केद्रका अध्यक्ष विष्णु तामाङ र एकीकृत समाजवादीका अध्यक्ष भीषण धितालले संयुक्त विज्ञप्ति निकालेर बञ्चरेडाँडामा फोहोर फाल्न नदिन घोषणा गरेका थिए । आज दिउँसो सबै दलले संयुक्त वक्तव्य निकाल्ने तयारी भइरहेको छ ।

सोमबार बञ्चरेडाँडाका सयभन्दा बढी स्थानीय र राजनीतिक दलका प्रतिनिधिहरु सडकमा उत्रिएर अवरोध  गरेपछि काठमाडौंबाट गएका कुनै पनि गाडीले फोहोर खसाल्न पाएका छैनन् । हिजो गएका २५ वडा गाडीले मात्र फोहोर खसालेका थिए।

अहिले राजनीतिक दलका प्रतिनिधि र स्थानीय पीडितका प्रतिनिधिहरुबीच वार्ता भैरहेको बताइएको छ।

Recent Comments

No comments to show.