काठमाडौं । नेपाली बजारमा सोमबार सुन तोलामा ४ सय रूपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९७ हजार ४ सय रूपैयाँ कायम भएको छ । छापावाल सुन आइतबार प्रतितोला ९७ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै यसदिन तेजावी सुन प्रतितोला ९६ हजार ६ सय रूपैयाँ निर्धारण भएको छ । महासंघका अनुसार आज चाँदी तोलामा १५ रूपैयाँले घटेर प्रतितोला १ हजार २३५ रूपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला १ हजार २५० रूपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया