विराटनगर । डेरा बसेको घरबाट बेपत्ता भएका एक बालक मोरङको बूढीगंगा गाउँपालिकामा पानी जमेको खाल्डोमा डुबेको अवस्थामा मृत फेला परेका छन्।
बूढीगंगा गाउँपालिका–३ गोकुवा चोकस्थित खाल्डोमा डुबेको अवस्थामा ६ वर्षीय अंकित राम सोमबार बिहान मृत फेला परेका हुन्।
भारत देवरिया घर भएका बालकका अभिभावक गोकुवा चोकमा डेरा बस्दै आएका थिए। डेरा बसेको घरबाट उनी आइतबार साँझदेखि बेपत्ता भएका थिए। डेरानजिक नदीजन्य पदार्थ स्टक गरेको ठाउँमा जेसीबीले बनाएको खाल्डोमा जमेको पानीमा शव फेला परेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया