काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० को केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्ने भएको छ।
मंसिर ४ मा हुने प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचन तयारी, आवश्यक रणनीतिलगायत विषयमा छलफल गर्न बैठक बस्न लागेको हो। सोमबार मध्यान्ह १२ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बैठक बस्ने बताइएको छ।
आसन्न निर्वाचन, निर्वाचन तयारीका लागि विभिन्न समिति निर्माण, प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको २२ बुँदे माग सम्बन्धमा जारी आन्दोलनको समीक्षालगायत विषयमा आज छलफल गरिने प्रवक्ता मोहन श्रेष्ठ बताए।
श्रेष्ठले तेस्रो चरणको आन्दोलनको मोडालिटीबारे पनि आज छलफल हुने बताए।
प्रतिक्रिया