भदौ ८ देखि आइपीओ निष्काशन गर्दै खप्तड लघुवित्त,कति कित्ता भर्न पाइन्छ ?

भदौ ८ देखि आइपीओ निष्काशन गर्दै खप्तड लघुवित्त,कति कित्ता भर्न पाइन्छ ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्थाले भदौ ८ गतेदेखि प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ ।

लघुवित्तले सर्वसाधरणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले १ करोड ३२ लाख रुपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता आइपीओ जारी गर्न लागेको हो।

निष्काशन हुने कुल सेयरमध्ये २ हजार कित्ता कर्मचारीहरुका लागि, ६ हजार ६०० कित्ता सामूहिक लगानी कोषहरुलाई छुट्याइएको छ ।बाँकी १ लाख २३ हजार ४०० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

कम्पनीको आइपीओमा भदौ १२ गतेसम्म आवेदन दिन पाइने छ । सो अवधिमा सबै सेयर विक्री नभएमा ढिलोमा भदौ २२ गतेसम्म आवेदन दिन सकिनेछ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार ३२० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले धितोपत्र बोर्डबाट सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाका साथै मेरोसेयर मार्फत आवेदन दिन सक्नेछन्।

लघुवित्तको आइपीओ निष्काशन तथा विक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी केयर रेटिङस नेपालले केयरएनपी इस्यूअर रेटिङ डबल बी माइनस रेटिङ प्रदान गरेको छ। यसले समयमै वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ।

हाल २ करोड ६८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको आइपीओ विक्रीपछि चुक्ता पूँजी ४ करोड रुपैयाँ पुग्नेछ।

Recent Comments

No comments to show.