काठमाण्डौं । माथिल्लो तामाकोशी जलविद्युत आयोजना जनसरोकार समितिका संयोजक अध्यक्ष दिव्यध्वज कार्की “राष्ट्रिय अर्थिक बहुआयामिक व्यक्तित्व अवार्ड २०७९” बाट सम्मानित भएका छन् ।
आइतबार काठमाडौंमा आयोजित राष्ट्रिय आर्थिक मासिक पत्रिकाको १३ औँ बार्षिकोत्सबको अवसरमा पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलि, पूर्व अर्थमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रिय सदस्य रामशरण महत र पुर्वमन्त्री एवं नेकपा माओवादी केन्द्रका स्थायी समति सदस्य शक्ति बस्नेतले संयुक्त रुपमा कार्कीलाई उक्त सम्मानले सम्मानित गरेका हुन् ।
माथिल्लो तामाकोशी जलविद्युत आयोजना जनसरोकार समितिका संयोजक – अध्यक्ष समेत रहेका कार्कीलाई आयोजनालाइ सार्थक परिणाममुखी बनाइ मातृभूमि र तिनका सन्ततीहरुलाइ पुर्याएको योगदानको उच्च मुल्याङ्कन गर्दै उक्त सम्मान गरेको राष्ट्रिय आर्थिक मासिक मिडियाले बताएको छ ।
कार्की यसअघि पनि थुप्रै विधाबाट सम्मानीत हुँदैे आएका छन् । उनी विभिन्न समाजिक गतिविधिहरुमा समेत क्रियाशील छन। आफ्नो कामको उच्च मुल्याङ्कन गरेर गरेको सम्मानप्रति खुशि व्यक्त गर्दैे आर्थिक मासिक मिडियालाई धन्यबाद दिनुका साथैे थप काम गर्न उर्जा, प्रेरणा र हौसला मिलेको कार्कीले बताएका छन् ।
प्रतिक्रिया