मानुषी लघुवित्तको नाफा दोब्बरले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

मानुषी लघुवित्तको नाफा दोब्बरले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाको खुद नाफा दोब्बरभन्दा धेरैले बढेको छ । लघुवित्तले शुक्रबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासिक वित्तीय विवरण अनुसार खुद नाफा १०२ प्रतिशतले बढेको छ ।

गत आवको असार मसान्तसम्म लघुवित्तले २ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १२ करोड रुपैयाँ बढी हो । अघिल्लो आवमा लघुवित्तले ११ करोड ९० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

लघुवित्तको खुद ब्याज आम्दानी र संचालन मुनाफा बढेपछि खुद नाफामा वृद्धि भएको हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २४.०५ प्रतिशतले बढेर ९ करोड ४१ लाख रुपैयाँ पुगेको छ ।

असार मसान्तसम्म लघुवित्तले ७७ करोड ६७ लाख निक्षेप संकलन र ६० करोड २९ लाख रुपैयाँ सापटी लिइ कुल १ अर्ब ५५ करोड कर्जा प्रवाह गरेको छ ।

हाल लघुवित्तको चुक्ता पूँजी १० करोड ९३ लाख रुपैयाँ रहेको लघुवित्तको जगेडा कोषमा ६ करोड ४९ लाख रुपैयाँ संचित रहेको छ ।

समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी २१.९८, प्रतिसेयर नेटवर्थ १५९.४३ रुपैयाँ, खराब कर्जा ३.२० प्रतिशत र मूल्य आम्दानी अनुपात ४५.६० गुणा रहेको छ ।

Recent Comments

No comments to show.