चीनले पुनः बन्द गर्‍यो तातोपानी र रसुवागढी नाका

चीनले पुनः बन्द गर्‍यो तातोपानी र रसुवागढी नाका

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  कोरोना भाइरसको संक्रमण बढेको भन्दै चीनले पुनः नेपालसँगका नाका बन्द गरेको छ । तिब्बतमा कोभिड संक्रमण दर बढेको भन्दै तातोपानी र रसुवागढी नाका बन्द गरेको हो ।

नाका बन्द भएपछि दुबै स्थानबाट तीन दिन अघिदेखि चिनियाँ सामान आयात निर्यात भएको छैन । भन्सार कार्यालयहरुले जनाए अनुसार बुधबारबाट नै सामानहअरु आउन रोकिएको हो । यसरी सामान आउन रोकिँदा चाडबाडका लागि हुने आयात प्रभावित हुने भएको छ ।

तिब्बतमा कोभिड संक्रमण दर बढेको भनिए पनि अब कहिले खुल्नेबारे केही जानकारी नआएको कार्यालयहरुले जनाएका छन् ।

स्याउ, मेशिनरी उपकरण, रोल कपडा यी नाकाबाट आयात भइरहेका छन् । निर्यात भने ठप्प बराबर नै छ । तीज र दशैंका लागि आवश्यक सामग्रीसहित केरुङमा ५० कन्टेनर सामान नेपाल ल्याउन तयारी अवस्थामा राखिएको व्यापारीहरुले बताएका छन् ।

Recent Comments

No comments to show.