असोज ६ देखि नाडा ईभी एक्स्पो हुने

असोज ६ देखि नाडा ईभी एक्स्पो हुने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले आगामी असोज ६ गतेदेखि ९ गतेसम्म इलेक्ट्रीक सवारीसाधनको एक्स्पो आयोजना गर्ने भएको छ ।

आज बसेको नाडाको कार्यसमिति बैठकले नेपाल मै पहिलो पटक ‘नाडा ईभी एक्स्पो २०२२’ गर्ने निर्णय गरेको हो । काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने ईभी एक्सपोमा विद्युतीय मोबिलिटीसँग सम्बन्धीत साधनको प्रदर्शनी हुनेछ ।

सरकारले कार, जीप र भ्यानको आयातमा लगाएको प्रतिबन्धका कारण २०७९ भाद्र ७ देखि १२ गतेसम्म आयोजना हुने जनाइएको नाडा अटो शो २०२२ स्थगित भएको थियो । नाडा अटो शो स्थगित भएको कारण ईभी एक्सपो २०२२ गर्न लागेको नाडा अध्यक्ष ध्रुव थापाले बताए ।

ईभी एक्सपोको लागि आगामी भादौ १ गतेदेखि ५ गतेसम्म स्टल बुकिङ खुल्ला गर्न लागिएको जानकारी नाडा अटो एक्सपो समितिका सभापति अनुप बरालले जानकारी दिए ।

नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले सम्बन्धित सबैलाई उक्त एक्सपोमा सहभागिताका लागि अनुरोध गर्दै आवश्यक सहयोगको लागि आग्रह गरे ।

Recent Comments

No comments to show.