एनएमबी बैंक र आइएफसी बीच लगानी प्रबर्द्वन गर्ने समझदारी

एनएमबी बैंक र आइएफसी बीच लगानी प्रबर्द्वन गर्ने समझदारी

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । एनएमबी बैंक र इन्टरनेशनल फाइनान्स कर्पोरेसन (आइएफसी) बीच साना तथा मझौला व्यवसाय लगानी प्रबर्द्वन गर्ने समझदारी भएको छ ।बिहीबार काठमाडौंको एभरेष्ट होटलमा एक कार्यक्रम आयोजना गरेर एनएमबी बैंक र आईएफसीले सो समझदारी गरेका हुन् ।

उक्त समझदारीले नेपालको अर्थतन्त्र, बैंकिङ प्रणालीमा कायम तरलता अभावको समस्या समाधानमा टेवा पुग्ने बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले बताए ।

‘नेपाली बैंकिङ क्षेत्रको लागि यो ऐतिहासिक उपलब्धी हो । हामीले तीनपटक गरेर ६५ मिलियन (८ अर्ब डलर) भित्र्याउन सफल भएका छौं,’ उनले भने, ‘अहिले आईएफसीसँग २५ मिलियनको डिल गर्यै ।यसले नेपालको भुक्तानी सन्तुलन र व्यापार घाटा बढीरहेको अवस्थामा केही राहत पुर्याउने छ ।’

समझदारी अनुसार आइएफसीले नेपालको साना तथा मझौला व्यवसाय प्रवर्द्वनमा लगानीका लागि सहयोग गर्ने भएको छ । डिल अनुसार सो लगानीको ब्याजदर हरेक समयमा परिवर्तन हुनुका साथै त्यो देशको लगानी जोखिम अनुसार निर्धारण हुने सीईओ केसीले बताए ।

एनएमबी बैंकले यस्तो लगानी ल्याउन सफल भएकाले अन्तर्राष्ट्रिय स्तरमा नेपाली बैंकिङ क्षेत्रको पहिचान कायम रहेको उनले बताए । आजको दिनमा नेपालको बैंकिङ क्षेत्रकोसँग ५ सय अर्ब ल्याउन सक्ने क्षमता भएकाले सबैले अन्य बैंकहरूले पनि यसतर्फ ध्यान दिए बैंकिङ क्षेत्रको समस्या समाधान हुने उनले बताए ।

‘अहिलेको समस्या समाधानका लागि यस्तो पैसा ल्याउन सक्ने हो भने बजारमा रहेको तरलता अभाव समाधान हुन्छ,’ उनले भने, ‘नेपाली बैंकिङ क्षेत्रमा पाटर्नरसिपमा हामी अग्रिणी स्थानमा छौं । यसले रोजगारी सिर्जना गर्न लागिरहेका छौं ।नेपाली अर्थतन्त्रको सुधार र योगदानमा सहयोग पुग्ने छ ।’

आइएफसीले दिएको सो रकम अर्थतन्त्रको रियल सेक्टरमा लगानी गर्ने उनले बताए ।

Recent Comments

No comments to show.