विराटनगर । मोरङको पथरीशनिश्चरेकी १४ वर्षीया बालिकालाई बलात्ककार आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
निगुरो टिप्न जाउँ भन्दै जंगलमा लगेर बेलबारीका २१ वर्षीय सन्तोष नेपालीले बलात्कार गरेको प्रहरीले जनाएको छ।
बेलबारीस्थित सिंहदेवी सामुदायिक वनभित्रको खोल्सामा लगेर बालिकालाई नेपालीले बलात्कार गरेको मोरङ प्रहरीले जनाएको छ। गत सोमबार साँझ ५ बजेतिर बालिका बलात्कृत भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ। बेलबारीस्थित दिदीको घर आएको बेलामा नेपाली र बालिकाको चिनजान भएको प्रहरीले जनाएको छ।
बिहे गर्छु भन्दै बलात्कार गरेपछि नेपालीले बालिकालाई आफ्नो घर पनि लिएर गएका थिए। परिवारका सदस्यले अस्वीकार गर्दै विभिन्न धाकधम्की दिएर लखेटेपछि पीडित कानेपोखरी प्रहरीको शरणमा पुगेकी थिइन्। आफू असुरक्षित भएको भन्दै बालिका प्रहरीको शरणमा पुगेपछि बलात्कारको घटना बाहिरिएको हो।
बलात्कार आरोपी नेपालीलाई इलाका प्रहरी कार्यालय बेलबारीको टोलीले सोमबार राति घरैबाट पक्राउ गरेको छ। उनीविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउन बुधबार अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको प्रहरीको भनाइ छ।
प्रतिक्रिया