ओमनबाट आइपुग्यो पाँच हजार मेट्रिक टन मल

ओमनबाट आइपुग्यो पाँच हजार मेट्रिक टन मल

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वीरगञ्ज। कृषि सामग्री कम्पनी लिमिटेडले नेपालमा ग्लोबल बोलपत्रमार्फत खरीद गरेको रासायनिक मल (युरिया) विभिन्न जिल्ला पठाउन थालेको छ।

पर्साको वीरगञ्ज आइपुगेको पाँच हजार मेट्रिक टन रासायनिक मल विभिन्न जिल्ला पठाउन थालिएको कम्पनीले जनाएको छ। दुई चरणमा गरी वीरगञ्ज ल्याइएको कूल पाँच हजार मेट्रिक टन (एक लाख बोरा) रासायनिक मललाई आवश्यकताअनुसार विभिन्न जिल्ला पठाउन थालिएको कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जका सूचना अधिकारी आलोक कुमारले जानकारी दिए।

बाँकी रासायनिक मल भित्रिने क्रम जारी रहेको उनले बताए। वीरगञ्ज नाकाबाट १२ हजार मेट्रिक टन रासायनिक मल वीरगञ्जस्थित कृषि सामग्री कम्पनी लिमिटेडको प्रादेशिक कार्यालयमा ल्याइँदै छ।

कार्यालयले मधेश प्रदेशसहित काठमाडौँ, काभ्रे, धादिङ, मकवानपुर, सिन्धुली, चितवन, तनहुँ, पर्वत, नुवाकोट, कास्कीलगायत १६ जिल्लामा रासायनिक मलको आपूर्ति गर्दै आएको छ। विभिन्न जिल्लामा रहेको कृषि सामग्री कम्पनीको कार्यालयमार्फत किसानलाई मल विवरण गरिनेछ।

रासायनिक मल वीरगञ्जस्थित सिर्सिया सुक्खा बन्दरगाह (ड्राइपोर्ट) नाका हुँदै नेपाल ल्याइएको हो। सरकारले ग्लोबल बोलपत्रमार्फत ओमानबाट खरीद गरेको ३० हजार मेट्रिक टन युरिया मल आपूर्तिको जिम्मा स्वीस सिङ्गापुर ओभरसिज इन्टरप्राइजेज लिमिटेडले पाएको थियो।

ओमनबाट नेपालका लागि आयात गरिएको मल पानीजहाजमा सामुद्रिक मार्ग हुँदै भारतको कोलकाता बन्दरगाह हुँदै त्यहाँबाट रेलमा वीरगञ्ज ढुवानी हुँदै आएको छ।

ओमनबाट अहिले खरीद गरी आयात भइरहेको ३० हजार मेट्रिक टन युरियामध्ये मधेश प्रदेशमा आठ हजार पाँच सय मेट्रिक टन वितरण गरिनेछ। पर्साका लागि भने आठ सय ५० मेट्रिक टन र बाराका लागि एक हजार मेट्रिक टन युरिया वितरण गरिनेछ।

Recent Comments

No comments to show.