व्यापारिक नाका रसुवागढीसँग सम्पर्क टुट्यो, ठूलो पहिरो खुलाउन केही दिन लाग्ने

व्यापारिक नाका रसुवागढीसँग सम्पर्क टुट्यो, ठूलो पहिरो खुलाउन केही दिन लाग्ने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने सडकमा ठूलो पहिरो गएको छ । 

पहिरोका कारण चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने बेत्रावती कालिकास्थान तथा बेत्रावती मैलुङ सडकसँगको सम्पर्क टुटेको छ ।

जिल्ला ट्राफिक प्रहरी इन्चार्ज उज्ज्वलकुमार घलेले पहिरोका कारण सडक पूर्ण क्षति भएको र मानवीय क्षति नभएको बताए। उनले पहिरोका कारण दुवै सडक पूर्ण अवरुद्ध भएको र मानवीय क्षति भने नभएको बताए। 

गएराति ठूलो वर्षाका कारण आएको पहिरोले जिल्लाको उत्तरगया गाउँपालिका-५ स्थित बनुवामा कालोपत्रे सडक नै बगाएपछि सम्पर्क टुटेको हो ।

सडक बन्द भएका कारण सदरमुकाम धुन्चे, रसुवागढी नाका, गोसाइँकुण्ड, लाङटाङलगायतका स्थानमा जानका लागि समस्या देखिएको छ । पहिरो खुलाउनका लागि आवश्यक पहल भइरहेको घलेले बताए। 

Recent Comments

No comments to show.