प्रदेश तथा प्रतिनिधि सभा निर्वाचन : प्रहरीद्वारा ७ सय गाडी खरिदको प्रस्ताव

प्रदेश तथा प्रतिनिधि सभा निर्वाचन : प्रहरीद्वारा ७ सय गाडी खरिदको प्रस्ताव

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आगामी मंसिर ४ गते हुने संघ र प्रदेश सभा निर्वाचनको निम्ति नेपाल प्रहरीले ७ सय ५१ वटा गाडी खरिदको प्रस्ताव गरेको छ । निर्वाचन सुरक्षाका लागि हलुका तथा ठूला सवारीसाधन पर्याप्त नरहेको बताउँदै प्रहरीले ठूलो संख्यामा गाडी खरिदको प्रस्ताव राखेको हो ।

गाडी खरिदका लागि प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयमा प्रस्ताव पठाएको छ। प्रहरी प्रवक्ता (डीआईजी) टेक प्रसाद राईका अनुसार गाडी किन्न अर्थ मन्त्रालयले सहमती दिनुपर्छ।

प्रहरीले ठूला साना गरेर ७ सयभन्दा धेरै गाडी खरिद गर्न प्रस्ताव गरेको हो। जिप ५० वटा, डबल पिक्याप ३८५ वटा, प्रिजनर भ्यान २१७ वटा र टुटन ट्रक ४० वटा खरिद गर्न प्रस्ताव गरेको छ। 

बस १५ वटा र मोटरसाइकल १५ सय १७ वटा खरिद गर्न प्रस्ताव गरिएको कार्यालयले जनाएको छ। 

निर्वाचन सुरक्षाका लागी खरिद प्रस्ताव गरिएको सो सवारी साधनको लागत साढे ३ अर्ब लाग्ने अनुमान छ। सरकारले मंसिर ४ मा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन निर्वाचनको मिति घोषणा गरिसकेको छ। 

Recent Comments

No comments to show.