कात्तिक १७ देखि २० सम्म सीएनआई रोजगार तथा सीप मेला हुने

कात्तिक १७ देखि २० सम्म सीएनआई रोजगार तथा सीप मेला हुने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आगामी कात्तिक १७ देखि २० सम्म राजधानीको भृकुटीमण्डपमा सीएनआई रोजगार तथा सीप मेला हुने भएको छ ।

के कारणले रोजगारदाता र सम्भावित कर्मचारीबीच सामञ्जस्यता हुन सकिरहेको छैनरु यसका लागि निजी क्षेत्र, सरकारी निकायहरुको कस्तो भूमिका आवश्यक पर्छरु भन्ने विषयमा केन्द्रित रहेर नेपाल उद्योग परिसंघको शिक्षा परिषद् र रोजगारदाता परिषद्को संयोजनमा ‘सिएनआई रोजगार तथा सीप मेला २०७९’ आयोजना हुन लागेको हो।

सिएनआई रोजगार तथा सीप मेला २०७९ ले विभिन्न कम्पनी तथा कामको खोजिमा रहेकाहरुलाई एकै ठाउँमा आवद्ध गर्न पुलको काम गर्ने परिसंघले जनाएको छ।

यस्तै रोजगारदाताको आवश्यकता, सीपयुक्त कर्मचारीको मागको परिपूर्ती कसरी गर्न सकिन्छ भन्ने विषयमा वृहद छलफल पनि हुने परिसंघले जनाएको छ।   

परिसंघका अनुसार सम्भावित उपलब्धी यसप्रकार छन् स् 

  • बजारमा सीपको उपलब्धता र सीपको आवश्यकता बीचको अन्तर बुझ्दै सम्भावित कर्मचारी र  रोजगारदाताबीचको खाडल कम हुने।  
  • सरकार तथा अन्य सरोकारवालाहरूलाई रोजगारदाता र रोजगारीको खोजिमा रहेकाहरुको आवश्यकतामा काम हुने।   
  • नेपालमा विश्वस्तरीय जनशक्ति सिर्जना गर्न नीति र पाठ्यक्रमको आवश्यकताहरूको पहिचान हुने।   

मेलाको आकर्षणहरुः 

  •  राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीहरुको सहभागिता
  • सीप विकास सम्बन्धी विभिन्न विषयमा वृहद छलफल  
  • सीपको विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरुबाट प्रस्तुती 
  • आफ्नो क्षमता अनुसारको कामका लागि कम्पनीहरुसँग सम्पर्करछलफल गर्न सकिने । 
  • तीन दिने मेलामा २०० भन्दा बढी कम्पनीहरु सहभागि हुने हाम्रो अपेक्षा छ । कर्पोरेट हाउस, नवप्रवर्तन, शैक्षिक संस्थाका विद्यार्थीहरु, सेवा तथा उत्पादनमुलक उद्योगहरु, निजी, सार्वजनिक तथा सरकारी अधिकारीहरुसमेत गरी ५० हजार भन्दा बढी व्यक्तिहरुले मेलाको अवलोकन गर्ने अपेक्षा  

Recent Comments

No comments to show.