काठमाडौं । नेपाल प्रहरीका १३१ प्रहरी नायव उपरीक्षक (डीएसपी) को सरुवा भएको छ।
प्रहरी प्रधान कार्यालयले आज उनीहरूको सरुवा गरेको हो । कार्यालयले यसअघि काज सरुवा गरिएका डीएसपीलाई सोही स्थानमा थमौती गर्दै बाँकीलाई सरुवा गरेको छ ।
यसअघि विभिन्न चरणमा डीएसपीको काज सरुवा भएको थियो। जसअनुसार काठमाडौं उपत्यकाका सबैजसो वृत्तका डीएसपी र जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् ।
प्रतिक्रिया