चन्द्रागिरि नगरपालिकाको कर आइएमई पे बाट भुक्तानी गर्न सकिने

चन्द्रागिरि नगरपालिकाको कर आइएमई पे बाट भुक्तानी गर्न सकिने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  चन्द्रागिरि नगरपालिकाको कर अब आइएमई पे बाट भुक्तानी गर्न सकिने भएको छ । 

आइतबार नगरपालिकाले भुक्तानी सेवा प्रदायकलाई एकीकृत गरी  विद्युतीय कर भुक्तानी सेवा सुरु गरेसँगै नगरपालिकाका सेवाग्राहीहरूलाई आइएमई पे एप डाउनलोड गरी आइएमई पे एप मार्फत अथवा नगरपालिकाको वेब पोर्टलमा गएर आइएमई पे मार्फत घर बहाल कर, सम्पत्ति कर  र व्यवसायिक कर तिर्न भुक्तान गर्न सकिने कम्पनीले जानकारी दिएको छ।

नगरपालिकाले एक विशेष कार्यक्रमको आयोजना गरी विद्युतीय कर भुक्तानी सेवा सुरु गरेको  थियो। कार्यक्रममा नगरप्रमुख घनश्याम गिरीले विज्ञान प्रविधिको युगमा  नगरपालिकाले सुरु गरेको विद्युतीय कर भुक्तानी सेवाले आम सेवाग्राहीहरूलाई नगरपालिकाको कर भुक्तानी गर्न सजिलो मात्र नभई संसाधनको समेत बचत हुने र नगरपालिका र वडाहरूमा सेवाग्राहीको चाप पनि कम हुने बताए।

Recent Comments

No comments to show.