द भ्वाइस अफ नेपालमा राजेश पायल र प्रविशाको प्रवेश

द भ्वाइस अफ नेपालमा राजेश पायल र प्रविशाको प्रवेश

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ सिजन ४ को औपचारिक घोषणा भएको छ । बिहीबार पत्रकार सम्मेलन गरी चौथो सिजनबारे जानकारी दिइएको हो । 

आगामी महिनादेखि प्रसारण हुने यस सिजनमा केही कोच फेरिएको छ । चौंथो सिजनका लागी राजेश पायल राई र प्रविशा अधिकारीले प्रवेश पाउँदा पहिलो सिजनबाटै कोचका रुपमा रहेका दीप श्रेष्ठ आउट भएका छन्। पछिल्लो सिजनमा जोडिएकी त्रिशला गुरुङ पनि चौथो सिजनमा अटाउन सकेकी छैनन्। 

गायक प्रमोद खरेल र राजु लामाले भने यो सिजनमा पनि निरन्तरता पाएका छन्।  

डिजिटल अडिसनमा सहभागी भएका ४१ हजार आवेदक मध्येबाट छानिएका १२० प्रतिभा ब्लाइन्ड अडिसनको तयारीमा रहेको आयोजकले जनाएको छ। ब्लाइन्ड अडिसनमा प्रस्तुति दिनेमध्ये ६४ जना प्रतियोगिले ब्याटल राउन्डमा प्रतिस्पर्धाको मौका पाउने निर्देशक लक्ष्मण पौडेलले जानकारी दिए। 

राजेश पायल र प्रविशाले चौथो सिजनमा कोचका रुपमा जोडिन पाउँदा उत्साहित भएको बताएका छन्। 

राजेशले यसअघि नै बिभिन्न मिडिया तथा दर्शकबाट आफूलाई द भ्वाइसमा कोचको रुपमा हेर्न चाहानुभएको र त्यो चाहाना पुरा भएको बताए।

Recent Comments

No comments to show.