अभियान लघुवित्तको आजबाट आइपीओ बिक्री खुला,कति गर्ने लगानी ?

अभियान लघुवित्तको आजबाट आइपीओ बिक्री खुला,कति गर्ने लगानी ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्थाको प्राथमिक साधरण सेयर (आइपीओ) विक्री खुला हुने भएको छ ।

लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता आइपीओ खुला गरेको हो।

निष्काशन भएको कुल सेयरमध्ये १२ हजार ५०० कित्ता कर्मचारीहरुका लागि र ४८ हजार ७५० कित्ता सामूहिक लगानी कोषहरुलाई छुट्याइएको छ। बाँकी ९ लाख १३ हजार ७५० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

कम्पनीको आइपीओमा २२ गतेसम्म आवेदन दिन सकिने छ । सो अवधिमा सबै सेयर विक्री नभएमा ढिलोमा भदौ १ गतेसम्म आवेदन दिन सकिनेछ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ३ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा सदस्यता प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालय र मेरोसेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन्।

कम्पनीको आइपीओ निष्काशन तथा विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्राएनपी इस्यूअर रेटिङ डबल बी माइनस’ रेटिङ प्रदान गरेको छ। यसले समयमै वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ।

हाल लघुवित्तको चुक्ता पूँजी १५ करोड २५ लाख रुपैयाँ छ भने आइपीओ निष्काशनपछि २५ करोड रुपैयाँ पुग्नेछ।

Recent Comments

No comments to show.