बैंक अफ काठमाण्डू र हिमालयन बैंकले चीनमा जिते मुद्दा,मेलम्चीमा डुबेको पैसा फिर्ता पाउने

बैंक अफ काठमाण्डू र हिमालयन बैंकले चीनमा जिते मुद्दा,मेलम्चीमा डुबेको पैसा फिर्ता पाउने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र हिमालयन बैंकले चीनमा मुद्दा जितेका छन्। 

मेलम्ची खानेपानी आयोजनाको ठेक्का पाएको चाइना रेल्वेकाका तर्फबाट ग्यारेन्टी बसेको चीनको बैंक चाइना कन्स्ट्रक्सन बैंकले हिमालयन बैंक र बैंक अफ काठमाण्डूलाई काउन्टर ग्यारेन्टी दिएको थियो।

उक्त जमानतसम्बन्धी परेको भुक्तानी मुद्दा यी दुई नेपाली बैंकले जितेका हुन्।

मुद्दा जितेसँगै बीओकेको करिब १ अर्ब (६६ लाख २५ हजार डलर र १४ लाख ११ हजार यूरो) र हिमालयनको करिब ८० करोड (६६ लाख डलर) रुपैयाँ काउन्टर ग्यारेन्टी वापतको रकम फिर्ता आउने भएको छ ।

उच्च अदालतबाट बैंकको पक्षमा आएको अन्तिम फैसलासँगै मुद्दा प्रक्रिया टुंगिएको छ ।

दुई वर्षअघि पनि दुवै बैंकले मुद्दा जितेका थिए। तर त्यसबेला मुद्दा हारेको पक्षलाई माथिल्लो अदालतमा जाने बाटो बाँकी थियो। अब भने माथि जाने बाटो छैन। त्यसो हुँदा चाइना कन्स्ट्रक्सन बैंकले दुवै बैंकको पैसा फिर्ता गर्नुपर्ने हुन्छ।

मेलम्ची खानेपानी आयोजनासँग सम्बन्धित जमानतमा भएको नोक्सानी असुलउपरको मुद्दा चीनको अदालतमा सुनुवाइ भइरहेको थियो। यसका लागि दुवै बैंकले आफ्ना प्रतिनिधिहरु चीन पठाएका थिए।

१० वर्षदेखि विभिन्न तहका अदालतहरुमा निरन्तर बहस चलेको थियो। हरेक पटक बैंकहरुको पक्षमा फैसला आएपनि माथिल्लो तहमा जाने कारणले फिर्ता हुन सकेको थिएन।

Recent Comments

No comments to show.