काठमाडैं । डिशहोमले प्रदान गर्ने सेवाहरू अब अनलाइन्बाटै रिचार्ज गर्न सकिने भएको छ ।
कम्पनीका सेवाहरु फाइबरनेट, डीटीएच र फाइबरनेट डीटीएच कम्बो प्याक अब नेपालमा उपलब्ध अनलाइन सेवा मार्फत रिचार्ज गर्न सकिने भएको हो ।
यी सेवाको रिचार्ज अब आइएमई पे, ई सेवा, खल्ती र प्रभु पेमार्फत सजिलै अनलाइन रिचार्ज गर्न सकिने कम्पनीले बताएको छ ।
रिचार्ज गर्ने क्रममा आफूले कुन सेवा लिएको हो बुझेर मात्र रिचार्ज गर्न कम्पनीले आग्रह गरेको छ । जस्तै, डिशहोम डीटीएच मात्र प्रयोग गरेको भए टीभी सेग्मेन्टमा गएर डिशहोममा क्लिक गरेर रिचार्ज गर्न सकिन्छ ।
त्यस्तै डिशहोम फाइबरनेट मात्र चलाएको भए इन्टरनेट सेग्मेन्टमा गएर डिशहोम फाइबरनेटमा क्लिक गरेर रिचार्ज गन सकिने कम्पनीले बताएको छ ।
त्यस्तै फाइबरनेट डीटीएच कम्बो प्याकेज लिएको भए टीभी सेग्मेन्टमा गएर डिशहोम कम्बो प्याकेजमा क्लिक गरेर आफ्नो कम्बो प्याकेजरिचार्ज गर्न सक्नेछन् ।
अनलाइन रिचार्जको क्रममा केही समस्या आएमा ग्राहक केन्द्र ९८०१५४४०००मा सम्पर्क गर्न कम्पनीले आग्रह गरेको छ ।
प्रतिक्रिया