गौतमश्रीका अध्यक्षको विज्ञप्ति : आफ्नो सम्पत्ति बेचेर भए पनि बचतकर्ताको रकम फिर्ता गर्छु

गौतमश्रीका अध्यक्षको विज्ञप्ति : आफ्नो सम्पत्ति बेचेर भए पनि बचतकर्ताको रकम फिर्ता गर्छु

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौंको कुलेश्वरस्थित गौतमश्री बहुउद्देशीय सहकारी संस्थाका अध्यक्ष रामबहादुर गौतमले आफ्नो सम्पत्ति बेचेर भएपनि बचतकर्ताको रकम फिर्ता गर्ने बताएका छन् । मंगलबार ‘गौतम बिजनेस ग्रुप’ नामको इमेलमार्फत विज्ञप्ति जारी गर्दै उनले यस्तो बताएका हुन् ।

उनले आफूहरू बचतकर्ताको रकम फिर्ता गर्न नसकेर भागेको नभई अन्य व्यावसायिक कामका लागि भारत गएकाले मोबाइलमा सम्पर्क नभएको विज्ञप्तिमार्फत जानकाारी गराएका छन् । आफू सोमबार नै नेपाल फर्किसकेको र सहकारीको समस्या समाधानका लागि सक्रिय रहेको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

सोमबार मात्रै सहकारी विभागमा गौतमश्री सहकारी विरुद्ध ठगीको उजुरी परेको थियो । १ हजार १४५ जना बचतकर्ताले आफूहरु ठगिएको भन्दै विभागमा उजुरी हालेको थिए । त्यसको भोलिपल्टै गौतमले विज्ञप्ति जारी गरेका हुन् ।

उनले कोभिड-१९ महामारीका कारण लगानी भएको केही कर्जा असुल हुन नसके पनि बचतकर्ताहरुको रकम नियमित रुपमा फिर्ता गरिरहेको र संस्था नियमित सञ्चालनमै रहेको बताएका छन् ।

‘सहकारी नियमित सञ्चालनमा रहेको अवस्थामा विश्वव्यापी कोरोना महामारीको कारणले नेपालमा करिब २ वर्ष जारी रहेको लकडाउनले पारेको समस्याका कारण सहकारीबाट प्रवाह गरेको कतिपय कर्जा समयमा असुली हुन नसकेको भएपनि हामीले बचतकर्ताहरुको रकम नियमित रुपमा फिर्ता गरिरहेको र संस्था नियमित सञ्चालनमै रहेको थियो’ विज्ञप्तिमा भनिएको छ ।

उनले संस्थाबाट प्रवाह गरिएको सम्पूर्ण कर्जा असुली गर्न केही समय लाग्ने भएमा आफ्नो सम्पत्ति विक्री गरेर भएपनि रकम भुक्तानी गर्ने बताएका छन् । ‘तपाईंहरुको बचत रकम कुनै पनि हालतमा डुब्न दिने छैन, म तपाईंहरुको बचत रकम मेरो जायजेथा र सम्पत्ति बेचेरै भएपनि केही महिनाभित्रमा रकम फिर्ता गर्ने प्रतिवद्धता व्यक्त गर्दछु,’ गौतमले विज्ञप्तिमा भनेका छन्।

उनले आफू बचतकर्ताको समस्याप्रति गम्भीर रहेको बताएका छन् । ‘म सहकारी ऐन, नियमावली र नेपाल सरकारले लागु गरेको सम्पूर्ण मापदण्ड, नीति, विधि र विधानप्रति प्रतिबद्ध रहेको र आम वचतकर्ता महानुभावहरुको समस्याप्रति अत्यन्त गम्भीर छु । सहकारी सञ्चालकको रुपमा बचतकर्ता सदस्यहरुको रकम यथासिघ्र फिर्ता गर्ने वातावरण बनाउने मेरो प्रतिबद्धतामा सहयोग गर्न म सहकारीका आम शेयर सदस्य महानुभावहरु, बचतकर्ता महानुभावहरु, सञ्चारमाध्यम, प्रहरी प्रशासन र अन्य सरोकारवाला पक्षहरुलाई हार्दिक आग्रह पनि गर्दछु,’ उनले भनेका छन् ।

Recent Comments

No comments to show.