सयपत्री हाइड्रोपावरको आइपीओ भर्ने आज अन्तिम दिन

सयपत्री हाइड्रोपावरको आइपीओ भर्ने आज अन्तिम दिन

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडको प्राथमिक साधरण सेयर (आइपीओ)मा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले साउन १३ गतेदेखि सर्वसाधरणका लागि विक्रीमा ल्याएको प्रतिकित्ता १०० रुपैयाँ दरले ७ करोड २१ लाख ६ हजार रुपैयाँ बराबरको ७ लाख २१ हजार ६० कित्ता सेयरमा आवेदन दिने आज अन्तिम दिन हो ।

निष्काशित कुल सेयरमध्ये ३६ हजार ५३ कित्ता सेयर सामूहिक लगानी कोष र १४ हजार ४२१ कित्ता कम्पनीका कर्मचारीको लागि छुट्याइएको छ। बाँकी ६ लाख ७० हजार ५८६ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा ३० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । आइपीओमा नेपाल धितोपत्र बोर्डबाट सी आस्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयका साथै मेरोसेयरमार्फत आवेदन दिन सकिनेछ।

कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लिमिटेड रहेको छ। कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी केयर रेटिङ नेपालले केयरएनपी डबल बी आइएस रेटिङ दिएको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

Recent Comments

No comments to show.