‘पक्राउ पुर्जी जारी गरेर सरकारले देशलाई पुनः द्वन्द्वमा धकेल्यो’

‘पक्राउ पुर्जी जारी गरेर सरकारले देशलाई पुनः द्वन्द्वमा धकेल्यो’

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’सहित नेताहरूविरुद्ध पक्राउ पूर्जी जारी भएपछि नेकपाले आपत्ति जनाएको छ।

ललितपुर जिल्ला अदालतले पार्टी महासचिव नेत्रविक्रम चन्द विप्लब र प्रवक्ता प्रकाण्डलाई पक्राउ पुर्जी जारी गरेपछि प्रवक्ता खड्गबहादुर विश्वकर्माले विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका हुन्।

विज्ञप्तिमा भनिएको छ, ‘आजका मितिसम्म हाम्रो पार्टी तीनबुँदे सहमतिको मर्म, वार्ता एवं सहमतिको माध्यम र शान्तिपूर्ण तरिकाप्रति दृढ छ र अक्षरशः लागू गरिराखेको छ।

२ बुँदे सहमतिपछि ५ महिनासम्म चलेको ओली सरकारले यसलाई इमान्दारीताका साथ लागू गरेन। गठन भएको तेस्रो दिनमा वार्ता भई तीनबुँदे सहमति लागू गर्ने प्रतिबद्धता व्यक्त गरेको देउवा सरकारले पनि एक वर्षसम्म पटक पटक वार्ता गरे पनि लागू गरिराखेको छैन।’

सरकार देश र जनताको मुद्दामा प्रवेश नै नगरेको आरोप उनले लगाएका छन्। सरकारले अहिलेसम्म पार्टीका राजनीतिक बन्दीहरूलाई रिहा नगरेकोप्रति उनले असन्तुष्टि जनाएका छन्।

पार्टी, नेतृत्व, कार्यकर्ता र तीनबुँदे सहमतिविरुद्ध सरकार र राज्यले आज घटाएको घटनालाई तुरुन्त रोकिएन र तीनबुँदे सहमति तदारुकताका साथ कार्यान्वयन गरिएन भने आफ्नो पार्टी हातमा दही जमाएर नबस्ने चेतावनी उनले दिएका छन्।

उनले चेतावनी दिँदै भनेका छन्, ‘यसबाट निम्तिने भावी गम्भीर अवस्थाको जिम्मेवार सरकार र राज्यका अधिकारी हुनुपर्नेछ। राज्यका सञ्चालकहरूले के कुरा राम्ररी बुझी राख्दा हुन्छ भने हाम्रो पार्टी एकीकृत जनक्रान्ति संवेदनशील प्रक्रियामा छ।’

ललितपुर जिल्ला अदालतले उनीहरूविरूद्ध हातहतियार तथा खरखजाना समेतको मुद्दा, विस्फोटक पदार्थ विस्फोटन गराई कर्तव्य ज्यान, राज्य विरुद्धको अपराध समेतको मुद्दा, हातहतियार तथा विस्फोटक पदार्थ सम्बन्धी कसुरको मुद्दा लागेको भन्दै पक्राउ पुर्जी जारी गरेको हो।

पक्राउ पुर्जी जारी हुनेमा विप्लबसहित खड्कबहादुर विश्वकर्मा, धर्मेन्द्र बास्तोला, उदयबहादुर चलाउने लगायतका अन्य नेता–कार्यकर्ता रहेका छन् ।

उनीहरूमाथि लागेका यी मुद्दाहरूमा म्याद बेपत्ते तामेल भएकाले २०७९ साउन ६ गतेको आदेशअनुसार मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ५८ को १३ अनुसार ३५ दिने पक्राउ पुर्जी जारी गरिएको ललितपुर जिल्ला अदालतले जनाएको छ।

३५ दिनभित्र अदालतमा उपस्थित हुन पक्राउ पुर्जीमार्फत भनिएको छ। अदालतले मुद्दा हात हतियार तथा खरखजाना मुद्दामा विप्लवसहित मोहनबहादुर कार्की, भक्तपुर जिल्ला इन्चार्ज टेकबहादुर केसी, भरतबहादुर बम, पदमबहादुर राई छन्। यस्तै विस्फोटक पदार्थ विस्फोटन गराई कर्तव्य ज्यान, राज्यविरूद्धको अपराधसमेतको मुद्दामा विप्लव र प्रकाण्डलाई पत्र काटेको छ।

Recent Comments

No comments to show.