काठमाडौं । शेयर बजारमा झिनो अंकको बढेको छ ।
कारोबार शुरु भएदेखि नै उतारचढाव लागेको शेयर बजार मापक सूचक (नेप्से) १.१५ अंकले बढेर २१९६.२५ विन्दुमा पुगेको हो ।
नेपाल स्टक एक्सचेन्जका अनुसार सोमवार २१७ कम्पनीको ४ अर्ब ६७ करोड ७ लाख ९८ हजार ७५६ रुपैयाँ बराबरको १ करोड ५ लाख १८ हजार ७१२ कित्ता शेयर किनबेच भएका छन् ।
अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेकोे छ । आइतवार ४ अर्ब ६० करोड ९९ लाख ७१ हजार २७१ रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज कारोबारमा आएका १३ समूहमध्ये ५ वटा हरियो भएको छ भने अन्य घटेको छ ।
प्रतिक्रिया