काठमाडौं । निगरानी दैनिक मिडियाको आफनो प्रथम वार्षिकोत्सव भव्यतापूर्वक सम्पन्न गरेको छ ।
आइतबार नेपाल पर्यटन बोर्डको सभा हलमा वैदेशिक रोजगारका क्षेत्रमा देखिएका समस्या समाधानका उपायहरु विषयक विचार गोष्ठि तथा पुरस्कार एवं सम्मान प्रदान कार्यक्रम आयोजना गरि संचारकर्मी साथै अन्य पेशाकर्मीहरुलाई सम्मान गर्दै प्रथम वार्षिकोत्सव मनाएको हो ।
कार्यक्रमका प्रमुख अतिथि श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेर बहादुर कुँवरले निगरानी दैनिकलाई शुभकामना व्यक्त गदै कुल गार्हस्थ उत्पादनमा विप्रेषणको २५ प्रतिशत योगदान रहेको र वार्षिक ९ खर्ब ८३ करोड नेपाल भित्रिरहेको सन्दर्भ उल्लेख गदै अझै १५ देखी २० वर्ष वैदेशिक रोजगारको विकल्प नभएको उल्लेख गरे ।
साथै मन्त्री कुँवरले विदेशमा कार्यरत धेरै नेपाली युवाहरु निकै नै समस्यामा रहेको घटनाहरुबाट पाठ सिक्दै सामाजिक सुरक्षा कोषको अवधारणा र नीतिगत सुधारका कामहरु सरकारी स्तरबाट भएको बताए स्वदेश भित्र नयाँ रोजगारीको क्षेत्र पहिचान गरि युवाहरुलाई स्वदेश भित्र नै श्रम पोख्ने वातावरण सिर्जनाका लागि प्रयास हुँदै आईरहेको समेत उल्लेख गरे ।
त्यसैगरि, विशिष्ट अतिथिको आसनबाट बोल्दै गैर आवासिय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुल आचार्यले हालसालै मात्र दुवै सदनबाट पारित भएको नागरिकता विधयेक राष्ट्रको हितमा भएको उल्लेख गदै त्यसबाट गैरआवासिय नेपालीहरुमा उत्साह थपेको प्रतिकृया दिए । साथै उनले विभिन्न देशहरुसँग संवाद गरि विदेशमा काम गर्ने नेपालीहरुको आर्जनको केहि हिस्सा नेपाल सरकार मातहतको सामाजिक सुरक्षा कोषमा कोष कट्टी गर्ने व्यवस्था गर्न सके विदेशमा कार्यरत तमाम नेपाली साथै मुलुकको विकासमा टेवा पुग्न जाने उल्लेख गरे ।
त्यसैगरि, विशेष अतिथिको आसनबाट बोल्दै टानका अध्यक्ष खुम बहादुर सुवेदीले नेपालको पर्यटन उद्योगमा रहेका पर्यटन श्रमिकहरुको योगदान उच्च रहेको स्मरण गदै उनीहरुको समस्याको समाधान हुन नसकिरहेकाले अन्तर मन्त्रालय समन्वय गरि समस्या समाधानमा पहल गर्न मन्त्री कुँवरलाई आग्रह गरे ।
प्रतिक्रिया