१० अर्ब १० करोडको ट्रेजरी बिल विक्री गर्दै राष्ट्र बैंक, सोमवार बोलकबोल

१० अर्ब १० करोडको ट्रेजरी बिल विक्री गर्दै राष्ट्र बैंक, सोमवार बोलकबोल

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमवार १० अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल विक्रीको बोलकबोल गर्ने भएको छ।

केन्द्रीय बैंकले एक सूचना निकालेर बोलकबोल प्रक्रियामार्फत ट्रेजरी बिल विक्री गर्न लागेको जनाएको हो ।

राष्ट्र बैंकले ९१ दिनका लागि ५ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ। यो बिल आउँदो कात्तिक १५ गते परिपक्व हुनेछ।

यसैगरी केन्द्रीय बैंकले १८२ दिनका लागि ५ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ। जुुन आगामी माघ १७ परिपक्व हुनेछ।

बोलकबोलमा सहभागी क, ख र ग वर्गका बैंक, बैंक तथा वित्तीय संस्था, गैर–बैंक तथा वित्तीय संस्था, सङ्गठित संस्थाका साथै सर्वसाधारण नेपाली नागरिकमध्ये सर्वाधिक अंक कबोल गर्नेलाई राष्ट्र बैंकले ट्रेजरी बिल जारी गर्नेछ।

यी ट्रेजरी बिलको सोमवार दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ। बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन्।

बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँड हुने गर्दछ।

ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो।

Recent Comments

No comments to show.