नबिल इन्भेष्टमेन्ट बैकिङ्गद्धारा छुट्टै सूचक ‘एनआई ३१’ बनाउने तयारी

नबिल इन्भेष्टमेन्ट बैकिङ्गद्धारा छुट्टै सूचक ‘एनआई ३१’ बनाउने तयारी

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडले आन्तरिक प्रयोजनको लागि नेपाल स्टक एक्स्चेन्जमा सूचिकरण भइ कारोवार भइरहेका कम्पनीहरुमध्ये बिभिन्न आधारभूत सूचकको आधारमा छनौटमा परेका ३१ वटा कम्पनीहरुको अन्तिम मुल्यको आधारमा एनआई ३१ (NI31) तयार गर्ने भएको छ ।

नबिल इन्भेष्टमेन्टले छनौटमा परेका ३१ कम्पनीहरुको दैनिक कारोवारको आधारमा तयार गरिने एनआई ३१ दैनिक रुपमा कम्पनीको आधिकारीक वेवसाईड तथा सामाजिक सन्जाल मार्फत सार्वजनिक गरिने कम्पनीले जनाएको छ ।

कम्पनीले भविष्यमा संचालन हुन सक्ने लगानी व्यवस्थापन सेवा तथा सामूहिक लगानी कोषको सहजता र विद्यमान लगानी व्यवस्थापन सेवा प्राप्त गरिरहेका ग्राहक समेतलाई लक्षित गरी याे सुविधा थपेकाे हाे ।

यस्तो सेवाबाट आम लगानीकर्ताहरुलाई उल्लेखित कम्पनीहरुमा लगानीका लागि उचित निर्णय लिन अझ सहज हुने कम्पनीले जनाएको छ ।

नेपाल स्टक एक्चेन्जबाट तयार हुने नेप्से ईन्डेक्स भारित औसत पूँजीगत मुल्यका आधारमा तयार हुन्छ भने एनआई ३१ (NI 31) नेपाल स्टक एक्सचेञ्जमा सूचिकरण भई दैनिकरुपमा कारोवार भइरहेका हरेक सेक्टरका कम्पनीहरुमध्यबाट विविधीकरणका आधारमा विभिन्न ३१ वटा कम्पनी छनौट गरी अन्तिम मुल्यको आधारमा तयार हुने कम्पनीले जनाएको छ ।

यसरी एनआई ३१ (NI 31)ले लगानीकर्ताहरुलाई मूल्य सूचकका आधारमा नेप्सेसँगको तुलनात्मक अध्ययन गर्न, मूल्य सूचकको आधारमा मूल्यमा हुने परिवर्तनको अध्ययन गर्न, एनआई ३१ (NI 31) को भारित पूँजीगत औसतका कमी कमजोरी तथा विशेषताको तुलना गर्न तथा थोरै कम्पनीको मूल्यमा हुने परिवर्तनबाट समग्र पुँजी बजारको अध्ययन गर्न समेत सहयोग पुर्याउने विश्वास कम्पनी लिएको छ ।

Recent Comments

No comments to show.