पेट्रोलियम ढुवानी व्यवसायीद्वारा आन्दोलनको घोषणा,यस्ता छन् माग

पेट्रोलियम ढुवानी व्यवसायीद्वारा आन्दोलनको घोषणा,यस्ता छन् माग

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  ।  व्यवसायीले  पेट्रोलियम पदार्थको ढुवानी भाडा समायोजनसहितकाेे माग गर्दै सोमबारदेखि देशव्यापी आन्दोलन गर्न घोषणा  सार्वजनिक  गरेका छ ।

पेट्रोलियम पदार्थको ढुवानी भाडा समायोजनसहितका तीन बुँदे माग सहित व्यवसायीले आन्दोलनको घोषणा गरेको जनाइएको छ । नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले जारी गरेको विज्ञप्तिमा सोमबारदेखि हवाई इन्धनको ढुवानी रोक्ने उल्लेख गरेकाे छ ।

२० गतेदेखि देशभरका पेट्रोलियम ढुवानी ट्यांकरहरूले पीडीओ नलिने र लाेड पनि नगर्न बताइएको छ । यदि आयल निगमले सञ्चालन गर्न चाहेमा ट्यांक उपलब्ध गराउने समेत महासंघद्वारा जारी गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

साथै २१ गतेदेखि सम्पूर्ण ट्यांकरबाट लोड र अनलोड नगर्ने उनीहरूले चेतावनी समेत दिएका छन् । हालको ढुवानी भाडाबाट ट्यांकर सञ्चालन गर्न नसकिने महासंघको भनाइ रहेको छ ।

Recent Comments

No comments to show.