कांग्रेस नेता गिरीको स्वास्थ्य अवस्था सुधारउन्मुख

कांग्रेस नेता गिरीको स्वास्थ्य अवस्था सुधारउन्मुख

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  नेपाली कांग्रेसका नेता प्रदीप गिरीको स्वास्थ्य सुधारउन्मुख रहेको छ।

ललितपुरको मेडिसिटी अस्पतालमा उपचार गराइरहेका उनको स्वास्थ्य अवस्था सुधारउन्मुख रहेको अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा. जयेन्द्र बज्राचार्यले जानकारी दिए।

‘उहाँको स्वास्थ्य अवस्था सामान्य छ,’ डा. बज्राचार्यले भने, ‘अहिले अस्पतालमा राखेर उपचार भइरहेको छ।’

अस्पतालका डा. पंकज वर्मनको नेतृत्वको चिकित्सकको टोली गिरीको उपचार गरिरहेको छ। नेता गिरीलाई गत सोमबार अस्पतालमा भर्ना गरिएको थियो। (रासस)

Recent Comments

No comments to show.