राहदानी बनाइदिने भन्दै ठगी गर्ने चार जना पक्राउ

राहदानी बनाइदिने भन्दै ठगी गर्ने चार जना पक्राउ

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  राहदानीको नक्कली अनलाइन फाराम भरेर ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

त्रिपुरेश्वरस्थित राहदानी विभागमा आएका सेवाग्राहीलाई दु:ख दिएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको हो।

साउन ११ गते राहदानी बनाउन आएका सेवाग्राहीलाई केही ब्यक्तिले एकै दिनमा राहदानी बनाइदिने भन्दै रकम संकलन गरेर ठगी गरेको गुनासोपछि चार जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनीहरूले रकम सङ्कलन गरी ठगी गरेर किर्ते अनलाइन फारम भरिदिने गरेको सूचना प्राप्‍त भएपछि प्रहरी वृत्त कालिमाटीको टोलीले अनुसन्धान थालेको थियो। 

त्यसक्रममा त्रिपुरेश्‍वरस्थित राहदानी विभाग प्रमाणसहित उनीहरूलाई फेला पारेर पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-५ घर भई चाबहिल बस्ने ३३ वर्षीय रामबहादुर बोगटी, धनकुटाको पाख्रीबास नगरपालिका-१० चुन्वाङ घर भइ चाबहिल बस्ने २८ वर्षीय श्यामकुमार राई, सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका-२ घर भई चावहिल बस्ने २२ वर्षीय राम पौडेल र गोकर्णेश्वर नगरपालिका-२ सुन्दरीजल घर भई चावहिलमा रोज बर्ड फोटो स्टुडियो चलाउने ४१ वर्षीय विवेक गुरुङ रहेका छन्।

प्रहरीले उनीहरू साथबाट विभिन्न ब्यक्तिको नाममा भरिएको अनलाइन फारम ३२ थान, ल्यापटप ३ थान, प्रिन्टर १ थान र मोबाइल फोन ३ थान बरामद गरेको छ। 

उनीहरूविरुद्ध मुलुकी अपराधसंहिता ऐन, २०७४ को परिच्छेद परिच्छेद-२१ को दफा २४९ ‘ठगी सम्बन्धी कसुर’ र त्यही ऐनको २५ को दफा २७६ ‘लिखत सम्बन्धी कसुर’ मा जिल्ला अदालत काठमाडौंबाट ४ दिनको म्याद लिएर प्रहरी बृत्त कालीमाटीबाट अनुसन्धान भइरहेको छ।

Recent Comments

No comments to show.