सीवाइसी नेपाल लघुवित्तको नाफामा उल्लेख्य वृद्धि, प्रतिसेयर आम्दानी कति ?

सीवाइसी नेपाल लघुवित्तको नाफामा उल्लेख्य वृद्धि, प्रतिसेयर आम्दानी कति ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सीवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाको खुद नाफामा उल्लेख्य वृद्धि भएको छ । लघुवित्तले शुक्रबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासिक वित्तीय विवरण अनुसार खुद नाफा ५५.०८ प्रतिशतले वृद्धि भएको छ ।

गत आवको असार मसान्तसम्म लघुवित्तले ८ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा झन्डै ३ करोड रुपैयाँ बढी हो । अघिल्लो आवमा लघुवित्तले ५ करोड १८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

लघुवित्तको खुद ब्याज आम्दानी र संचालन मुनाफा वृद्धि हुँदा खुद नाफामा वृद्धि भएको हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ५७.२३ प्रतिशतले बढेर २१ करोड ९९ लाख र संचालन मुनाफा ६२.११ प्रतिशतले बढेर ३ करोड ३८ लाख रुपैयाँ पुगेको छ ।

असार मसान्तसम्म लघुवित्तले १ अर्ब ३९ करोड करोड निक्षेप संकलन र १ अर्ब ६४ करोड सापटी लिइ कुल ३ अर्ब ५९ करोड कर्जा प्रवाह गरेको छ । हाल १२ करोड १६ चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा २८ करोड ८ लाख रुपैयाँ संचित रहेको छ ।

खुद नाफा बढेसँगै लघुवित्तको प्रतिसेयर आम्दानी २.९५ रुपैयाँले बढेर ६६.०४ रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर नेटवर्थ २३०.८६ रुपैयाँ, खराब कर्जा १.९५ प्रतिशत र मूल्य आम्दानी अनुपात २५.७२ गुणा रहेको छ ।

Recent Comments

No comments to show.