काठमाडौं । काठमाडौंमा आतंक मच्चाएपछि एउटा राँगोलाई प्रहरीले गोली हानेर मारेको छ।
काठमाडौं प्रहरी परिसरका एसपी दिनेशराज मैनालीका अनुसार चन्द्रागिरि नगरपालिका वडा नम्बर ४ स्थित गोदाम चौरमा राँगो मारिएको हो।
राँगोले आतंक मच्चाएपछि प्रहरीले आज बिहान साढे ७ बजेतिर एक राउन्ड गोली हानी राँगो मारेको उनले बताए।
मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया