धितोपत्र बोर्डको नीति तथा कार्यक्रम : नयाँ ब्रोकर र स्टक डिलरको लाइसेन्स दिइने

धितोपत्र बोर्डको नीति तथा कार्यक्रम : नयाँ ब्रोकर र स्टक डिलरको लाइसेन्स दिइने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नयाँ स्टक डिलर सञ्चालनका लागि स्वीकृति दिने भएको छ । 

चालु आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै बोर्डका अध्यक्ष रमेश कुमार हमालले स्टक डिलरलाई स्वीकृति दिने बताएका हुन् । 

धितोपत्रको दोस्रो बजार कारोबारमा तरलता र बजार गहिराइ बढाउनका लागि नयाँ स्टक डिलरलाई स्वीकृति दिन लागिएको बताइएको छ । हाल नागरिक स्टक डिलर सञ्चालनमा छ ।

यसैगरी, उनले  अध्ययन गरी नयाँ ब्रोकर लाइसेन्स पनि दिइने जानकारी दिए । लगानीकर्ताले लामो समयदेखि थप ब्रोकरको लाइसेन्स दिनुपर्ने माग गर्दै आएका छन् ।

नीति तथा कार्यक्रममा गैरआवासीय नेपालीहरूलाई दोस्रो बजारमा लगानीको अवसर दिने घोषणा गरिएको छ। वेयर हाउस, ब्रोकर र सेटलमेन्टसम्बन्धी नियमावली बनाउने घोषणसमेत नीतमार्फत गरिएको छ।

उच्च प्रविधिमैत्रीमार्फत नियमकमले नियागमन गर्ने र बुक विल्डिङ प्रणालीलाई व्यवस्थित बनाउने समेत नीतिमा समेटिएको छ ।

धितोपत्र कारोबार राफसाफलाई व्यवस्थित बनाउन अक्सन मार्केट सञ्चालन ल्याइने बताइएको छ । समयमै धितोपत्र राफसाफ नहुँदा कतिपय लगानीकर्ताहरुले क्लोजआउटबापत भारी जरिवाना तिर्दै आएका छन्। अक्सन मार्केट सञ्चालनमा आएमा यस्तो जरिवाना तिर्नबाट लगानीकर्ताहरु जोगिने बताइएको छ।

अध्यक्ष हमालले क्षतिपूर्ति कोष खडा गरिने पनि घोषणा गरेका छन्। उनले धितोपत्र बजारका लगानीकर्ताहरुलाई हुन सक्ने संभावित क्षतिबाट जोगाउन क्षतिपूर्ति कोष सञ्चालनमा ल्याउनका लागि क्षतिपूर्ति कोष सम्बन्धी नियमावली तर्जुमा गरी लागू गरिने बताए ।

धितोपत्रको दोस्रो बजार कारोबारलाई पूर्ण रूपमा विद्युतीय प्रविधिमा आधारित बनाई धितोपत्र बजारको कारोवार प्रणालीलाई लगानीकर्ताहरुको बैंक खाता तथा डिम्याट खातासँग आवद्ध गर्न आवश्यक सहजीकरण गरिने नितीमा समेटिएको छ । नयाँ उपकरण, सर्ट सेलिङ, इन्ट्रा डे ट्रडिङको अध्ययन गर्ने योजना पनि ल्याएको छ ।

वस्तु विनिमय बजार (कमोडिटी एक्स्चेन्ज) को नयाँ आवेदन माग गर्ने र लाइसेन्स दिने घोषणा पनि बोर्डले गरेको छ यसअघि दुई पटक आवेदन माग भएकोमा खारेज भएको थियो ।

Recent Comments

No comments to show.