जिल्ला ट्राफिक कार्यालय बागलुङद्वारा ७० लाख राजस्व संकलन

जिल्ला ट्राफिक कार्यालय बागलुङद्वारा ७० लाख राजस्व संकलन

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बागलुङ ।जिल्ला ट्राफिक कार्यालय बागलुङले आर्थिक वर्ष २०७८/७९ मा ट्राफिक नियम उल्लंघन गर्नेलाई कारबाही गरी ७० लाख राजस्व संकलन गरेको छ। 

जिल्ला ट्राफिक कार्यालयका अनुसार गत आवमा ११ हजार पाँच सय ५० सवारीसाधनका चालकलाई कारबाही गरिएको थियो। ट्रक, टिपर, बस, कार, जीप, ट्र्याक्टर र मोटरसाइकल नियमविपरीत सञ्चालनमा आएको पाइएकामा ट्राफिक प्रहरीले कारबाही गरेर उक्त राजस्व संकलन गरेको ट्राफिक कार्यालय प्रमुख राजकुमार केसीले जानकारी दिए। 

प्रहरीले जथाभावी सवारीसाधन चलाउने, सवारीसाधनमा अनावश्यक स्टिकर टाँस्ने, सवारीसाधान सजावट गर्ने तथा मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाउनेलाई कारबाही गरेको हो। कारबाहीका कारण विस्तारै सडक दुर्घटनामा कमी आएको केसीले बताए। 

आव २०७६/७७ मा आठ हजार आठ सय सवारीसाधनका चालकलाई कारबाही गरी ५२ लाख तथा आव २०७७/७८ मा १२ हजार एक सय सवारीसाधनका चालकलाई कारबाही गरी ६७ लाख ७३ हजार राजस्व संकलन गरिएको थियो। ‘कारबाहीको सङ्ख्या र राजस्वमा वृद्धि भएको छ’, उनले भने। जिल्लामा गत आवमा सवारी दुर्घटनामा ११ जनाको मृत्यु भएको थियो भने २१ जना गम्भीर घाइते भएको ट्राफिक कार्यालयको तथ्यांकमा उल्लेख छ। 

Recent Comments

No comments to show.