माछापोखरीबाट चोरीएको स्कुटर दरबारमार्गबाट प्रहरीको नियन्त्रणमा

माछापोखरीबाट चोरीएको स्कुटर दरबारमार्गबाट प्रहरीको नियन्त्रणमा

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । स्कुटर चोरी गर्ने १ जनालाई स्कुटर सहित काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज नियन्त्रणमा लिएको छ । हराएका मोटरसाईकलहरु चोरी गर्ने कार्यमा संलग्न व्यक्तिहरूको सूचना संकलन, निग्रानी एवं खोजतलास गर्न सादा पोसाकमा खटिएको ट्राफिक प्रहरीको टोली खटिएको थियो । 

काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. २६ दरबारमार्ग ज्याठा सडक खण्डबाट बागमति प्रदेश ०२ ०३७ प ९४१० नम्बरको ग्रे रंङको स्कुटर चलाई रहेको अवस्थामा जिल्ला पर्वत कुस्मा नगरपालिका वडा नं.०९ हातेमालो चोक घर भई काठमाडौं माछापोखरी बस्ने वर्ष २२ को निरज थापालाई स्कुटर सहित नियन्त्रणमा लिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।

उक्त पक्राउ भएको स्कुटर जिल्ला तनहुँ भिरकोट गाउँपालिका वडां नं. ०३ घर भई हाल काठमाडौँ थानकोट बस्ने बिजय थापाले काठमाडौँ माछापोखरी बाट हराएको भनि यस कार्यालयमा निवेदन दिएका थिए। पक्राउ गरिएको व्यक्ति सहित उक्त स्कुटर लाई चोरी मुद्दा अनुसन्धान कारबाहीका लागी प्रहरी बृत्त बालाजु पठाएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । पछिल्लो समय उपत्यकाको विभिन्न स्थानहरूबाट चोरी भई हराएका मोटरसाईकल र चोरी गर्ने कार्यमा संलग्न व्यक्तिहरूको सूचना संकलन एवं निग्रानी राखी बिशेष कारबाही अभियान ट्राफिक कार्यालयले चलाईरहेको छ ।

 

Recent Comments

No comments to show.